SplitEase समूहमा मान्छेहरूलाई कसरी निमन्त्रणा गर्ने?

हरेक समूहको एउटा निमन्त्रणा कोड हुन्छ। कोड, लिंक वा QR कोड भएका जो कोही SplitEase एपबाट समूहमा सामेल हुन सक्छन्।

चरणहरू

  1. समूह खोल्नुहोस्, त्यसपछि समूह सेटिङहरू (Group settings) खोल्न माथि समूहको नाम वा ⋯ बटनमा ट्याप गर्नुहोस्।
  2. निमन्त्रणा कोड (Invite code) कार्ड खोज्नुहोस्।
  3. निमन्त्रणा लिंक कपी गर्न लिंक कपी गर्नुहोस् (Copy link) मा ट्याप गर्नुहोस्, वा QR कोड देखाउन र फोनको कुनै पनि एपबाट निमन्त्रणा पठाउन सेयर गर्नुहोस् (Share) मा ट्याप गर्नुहोस्।

समूहका एडमिनहरूले सदस्य थप्नुहोस् (Add members) मा ट्याप गरेर SplitEase प्रयोग गर्ने साथीहरूलाई सिधै पनि थप्न सक्छन्।

निमन्त्रणा कोडको म्याद सकिन सक्छ। कुनै कोडले काम गर्न छोडेमा उही स्क्रिनबाट नयाँ कोड सेयर गर्नुहोस्।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली