निमन्त्रणा कोड वा लिंकबाट समूहमा कसरी सामेल हुने?

कसैले तपाईंलाई निमन्त्रणा लिंक पठाएको छ भने त्यसलाई फोनमा खोल्नुहोस्, SplitEase ले तपाईंलाई समूहमा सामेल गराउँछ। तपाईंले अझै साइन इन गर्नुभएको छैन भने साइन इन गर्नेबित्तिकै समूहमा सामेल हुनुहुन्छ।

चरणहरू

  1. गृहपृष्ठ (Home) ट्याबमा सामेल हुनुहोस् (Join) मा ट्याप गर्नुहोस्।
  2. निमन्त्रणा कोड टाइप गर्नुहोस् र समूहमा सामेल हुनुहोस् (Join Group) मा ट्याप गर्नुहोस्।
  3. वा समूहको QR कोड स्क्यान गर्न QR कोड स्क्यान गर्नुहोस् (Scan a QR code) मा ट्याप गर्नुहोस्, वा लिंक कपी गर्नुभएको छ भने निमन्त्रणा लिंक पेस्ट गर्नुहोस् (Paste an invite link) मा ट्याप गर्नुहोस्।

कोडले काम गरेन भने यसको म्याद सकिएको हुन सक्छ। तपाईंलाई निमन्त्रणा गर्ने व्यक्तिसँग नयाँ कोड माग्नुहोस्।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली