खर्च कसरी थप्ने?
समूहले साझा रूपमा प्रयोग गर्ने कुनै कुराको लागि कसैले तिर्दा खर्च थप्नुहोस्। सेभ गर्नेबित्तिकै SplitEase ले सबैको ब्यालेन्स अपडेट गर्छ।
चरणहरू
- ट्याब बारको बीचमा रहेको + बटनमा ट्याप गर्नुहोस्, वा समूह खोलेर खर्च थप्नुहोस् (Add expense) मा ट्याप गर्नुहोस्।
- माथि समूह जाँच्नुहोस्, त्यसपछि रकम (Amount) लेख्नुहोस् र खर्च केका लागि थियो लेख्नुहोस्।
- कसले तिर्यो (Paid by) मा कसले तिर्यो छान्नुहोस्।
- बाँडफाँड (Split) मा खर्च कसले कसरी बाँड्ने हो छान्नुहोस्। पूर्वनिर्धारित रूपमा बराबर बाँडिन्छ।
- सेभ गर्नुहोस् (Save) मा ट्याप गर्नुहोस्।
SplitEase ले विवरणका आधारमा एउटा श्रेणी सुझाव दिन्छ। सेभ गर्नुअघि तपाईं यसलाई बदल्न सक्नुहुन्छ।
अर्को मुद्रामा खर्च लेख्न रकमको छेउमा रहेको मुद्रा चिन्हमा ट्याप गर्नुहोस्।
SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।