SplitEase+

बिल स्क्यान गरेर खर्च कसरी थप्ने?

बिल स्क्यानिङले बिलबाट कुल रकम र विवरण पढ्छ, त्यसैले तपाईंले टाइप गर्नुपर्दैन। यो SplitEase+ को हिस्सा हो।

चरणहरू

  1. + बटनमा ट्याप गर्नुहोस्, त्यसपछि स्क्यान (Scan) मा ट्याप गर्नुहोस्।
  2. पूरै बिलको फोटो खिच्नुहोस्, वा पहिल्यै भएको फाइल प्रयोग गर्न ग्यालरी (Library) वा PDF छान्नुहोस्।
  3. SplitEase ले भेट्टाएको विवरण जाँच्नुहोस् र प्रयोग गर्नुहोस् (Use) मा ट्याप गर्नुहोस्।
  4. कसले तिर्यो र कसरी बाँडिएको छ जाँच्नुहोस्, त्यसपछि सेभ गर्नुहोस् (Save) मा ट्याप गर्नुहोस्।

तस्बिर पढ्नका लागि यसलाई SplitEase मा अपलोड गरिन्छ। यसलाई कसरी सम्हालिन्छ भनेर हाम्रो गोपनीयता नीति हेर्नुहोस्।

स्क्यानमा गल्ती हुन सक्छ। सेभ गर्नुअघि सधैं रकम जाँच्नुहोस्।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली