SplitEase+

बोलेर खर्च कसरी थप्ने?

आवाजबाट खर्च थप्दा तपाईं टाइप गर्नुको सट्टा खर्च बोलेर बताउनुहुन्छ। यो SplitEase+ को हिस्सा हो।

चरणहरू

  1. + बटनमा ट्याप गर्नुहोस्, त्यसपछि आवाज (Voice) मा ट्याप गर्नुहोस्।
  2. माइक्रोफोनमा ट्याप गर्नुहोस् र रकम, खर्च केका लागि थियो र कसरी बाँड्ने भन्नुहोस्, जस्तै: "डिनर, 1200, बराबर बाँड्ने"।
  3. SplitEase ले भरेको कुरा जाँच्नुहोस् र बाँडफाँड जाँचेर सेभ गर्नुहोस् (Review split and save) मा ट्याप गर्नुहोस्।
  4. आवश्यक परिवर्तन गर्नुहोस् र सेभ गर्नुहोस् (Save) मा ट्याप गर्नुहोस्।

रेकर्डिङ 30 सेकेन्डपछि रोकिन्छ। आवाजबाट खर्चले हाल अंग्रेजी मात्र बुझ्छ।

आवाजबाट खर्च थप्न तपाईंसँग कम्तीमा एउटा समूह हुनुपर्छ।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली