SplitEase ले भुक्तानीको संख्या कसरी घटाउँछ?

धेरै खर्च हुने समूहमा मान्छेहरूले एकअर्कालाई घुमाउरो तरिकाले तिर्नुपर्ने हुन सक्छ। SplitEase ले सबै ब्यालेन्स चुक्ता गर्ने सबैभन्दा कम भुक्तानीहरू निकाल्न सक्छ।

चरणहरू

  1. समूह खोल्नुहोस् र हिसाब मिलाउनुहोस् (Settle up) मा ट्याप गर्नुहोस्।
  2. प्रति व्यक्ति (Per person) बाट अप्टिमाइज्ड (Optimized) मा बदल्नुहोस्।
  3. सूचीमा दिइएका भुक्तानीहरू गर्नुहोस् र हरेकलाई दर्ता गर्नुहोस्।

प्रति व्यक्ति (Per person) ले तपाईंले हरेक व्यक्तिलाई सिधै कति तिर्नुपर्छ देखाउँछ। दुवै दृश्यमा चुक्ता हुने कुल रकम उही हुन्छ।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली