कसैसँग हिसाब कसरी मिलाउने?

कसले कसलाई कति तिर्नुपर्छ भन्ने हिसाब SplitEase ले राख्छ, तर भुक्तानी आफैं गर्दैन। अर्को व्यक्तिलाई सधैं जसरी तिर्नुहुन्छ त्यसरी नै तिर्नुहोस्, अनि एपमा दर्ता गर्नुहोस् ताकि दुवैको ब्यालेन्स अपडेट होस्।

चरणहरू

  1. समूह खोल्नुहोस् र हिसाब मिलाउनुहोस् (Settle up) मा ट्याप गर्नुहोस्।
  2. तपाईंले कसैलाई तिर्नुभएको छ भने उनको नामको छेउमा भुक्तानी दर्ता गर्नुहोस् (Record payment) मा ट्याप गर्नुहोस्, रकम जाँच्नुहोस् र पुष्टि गर्नुहोस्। तपाईंले तिर्नुपर्ने रकमको केही भाग मात्र पनि दर्ता गर्न सक्नुहुन्छ।
  3. कसैले तपाईंलाई तिरेको छ भने उनको नामको छेउमा प्राप्त भयो भनी चिन्ह लगाउनुहोस् (Mark as received) मा ट्याप गर्नुहोस् र पुष्टि गर्नुहोस्।

पहिलेका भुक्तानीहरू हेर्न उही स्क्रिनमा इतिहास (History) मा ट्याप गर्नुहोस्।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली