SplitEase+

दोहोरिने खर्च कसरी सेट गर्ने?

दोहोरिने खर्च आफ्नो मितिमा आफैं समूहमा थपिन्छ, तपाईंले सेट गरेअनुसार बाँडिएर। यो SplitEase+ को हिस्सा हो।

चरणहरू

  1. समूह खोल्नुहोस्, त्यसपछि समूह सेटिङहरू (Group settings) खोल्नुहोस्।
  2. दोहोरिने खर्चहरू (Recurring expenses) मा ट्याप गर्नुहोस्, त्यसपछि थप्नुहोस् (Add) मा ट्याप गर्नुहोस्।
  3. रकम, कसले तिर्ने र कसरी बाँड्ने लेख्नुहोस्, त्यसपछि कति पटक दोहोरिने छान्नुहोस्: दैनिक, साप्ताहिक, मासिक वा वार्षिक।
  4. सेभ गर्नुहोस् (Save) मा ट्याप गर्नुहोस्।

एक पटक छोड्न दोहोरिने खर्च खोल्नुहोस् र अर्को पटक छोड्नुहोस् (Skip the next occurrence) मा ट्याप गर्नुहोस्। त्यसपछि तालिका पहिलेजस्तै चल्छ।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली