SplitEase को प्रमाणीकरण कोड आएन
SplitEase ले तपाईंको फोन नम्बरमा SMS मार्फत पठाइएको 6 अंकको कोडबाट तपाईंलाई साइन इन गराउँछ।
चरणहरू
- स्क्रिनमा देखिएको नम्बर सही छ कि छैन जाँच्नुहोस्। छैन भने परिवर्तन गर्नुहोस् (Change) मा ट्याप गरी फेरि लेख्नुहोस्।
- एक मिनेट पर्खनुहोस्। तपाईंको नेटवर्कका कारण सन्देश ढिलो आउन सक्छ।
- कोड आएन? (Didn't get it?) मा ट्याप गर्नुहोस्। 60 सेकेन्डपछि अहिले फेरि पठाउनुहोस् (Resend now) उपलब्ध हुन्छ। नयाँ कोड पाउन त्यसमा ट्याप गर्नुहोस्।
- तपाईंको फोनमा सिग्नल छ र यसले अपरिचित पठाउनेहरूका सन्देश ब्लक गरिरहेको छैन भन्ने निश्चित गर्नुहोस्।
धेरै पटक प्रयास गरेपछि फेरि प्रयास गर्नुअघि केही मिनेट पर्खन भनिनेछ।
अझै कोड आएन? प्रयोग गरेको फोन नम्बरसहित हामीलाई सम्पर्क गर्नुहोस्।
SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।