समूह कसरी छोड्ने वा मेटाउने?

समूहका सबै विकल्प समूह सेटिङहरू (Group settings) मा छन्। समूह खोल्नुहोस् र माथि समूहको नाम वा ⋯ बटनमा ट्याप गर्नुहोस्।

चरणहरू

  1. छोड्न समूह छोड्नुहोस् (Leave group) मा ट्याप गरी पुष्टि गर्नुहोस्। तपाईं एक मात्र एडमिन हुनुहुन्छ भने पहिले एडमिन हस्तान्तरण गर्नुहोस् (Transfer Admin) मा ट्याप गर्नुहोस् र जिम्मेवारी कसले लिने छान्नुहोस्।
  2. कसैलाई हटाउन (एडमिन मात्र), उनको नाममा ट्याप गर्नुहोस् र समूहबाट हटाउनुहोस् (Remove from Group) छान्नुहोस्। समूहमा उनको ब्यालेन्स शून्य हुनुपर्छ।
  3. सबैका लागि समूह मेटाउन (एडमिन मात्र), समूह मेटाउनुहोस् (Delete group) मा ट्याप गरी पुष्टि गर्नुहोस्।

समूह मेटाउँदा यसका सबै खर्च हरेक सदस्यका लागि हट्छन् र यसलाई फिर्ता ल्याउन सकिँदैन। पहिले हिसाब मिलाउनुहोस्।

SplitEase एप अहिले नेपालीमा उपलब्ध छैन। कोष्ठमा दिइएका बटनका नामहरू स्क्रिनमा अंग्रेजीमा जस्तो देखिन्छन् त्यस्तै हुन्।

सम्बन्धित प्रश्नहरू

अझै मद्दत चाहिन्छ?

हामीलाई लेख्नुहोस्, SplitEase टोलीको कुनै व्यक्तिले जवाफ दिनुहुनेछ।

सहयोगमा सम्पर्क गर्नुहोस्
भाषा: नेपाली